उदयपुर । गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल उदयपुरका दुई युवा सम्मानित भएको छ । सम्मानित हुनेमा गिनिज वल्र्ड रेकर्ड राख्न सफल उल्टो मोटर साइकल चालक चित्रकुमार कार्की र काँधमा खुट्टा राखेर मोटर साइकल चलाउने धनश्याम श्रेष्ठ (मनिस) लाई एक कार्यक्रम विच सम्मान पत्र सहित सम्मानित भएको हो ।
उनीहरुलाई गिनिज बुक अफ वल्र्ड रेकर्डका संस्थापक डा.पताभि राम र डा. सान्थी देवीले सम्मान पत्र हस्तान्तरण गरेका हुन् । गाईघाटका कार्कीले ११.५३ किलोमिटर उल्टो मोटरसाईकल चलाएर विश्व कृर्तिमान राख्न सफल र कटारी नगरपालिकाका श्रेष्ठले काँधमा खुट्टा राखेर मोटरसाईकल चलाउदै यात्रा गरी विश्व कृर्तिमान राख्न सफलको हो ।
नेपाल बहुल जाती, बहुल संस्कार सँस्कृति भएको देश हो । जुन समाज अनुसार छुट्टा छुट्टै पहिचान र सस्कार संस्कृति भएको डा.रामले बताए । विश्वका लागि एउटा उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका थिए । अझै राम्रो गर्दै जानको लागि शुभकामना समेत दिएका थिए । उल्टो मोटरसाईकल यात्री कार्कीले सुरुमा मोटरसाईकल उल्टो चलाउँन सिक्दा आफ्नो गाडी नभएकाले अरुको मागेर सिक्नु पर्ने बाध्यता भएको उनले बताए । आफुले देखेको सपना पुरा गर्नका लागि दृढ भएर लागी परेकाले आज पुरा भएको उनले बताए ।
काँधमा खुट्टा राखेर मोटराईकल चलाउँदा कतिले पागल भने त हजारैँ पटक असफल हुदै दुर्घटनामा समेत परेको श्रेष्ठले बताए । दुर्घटना हुदा पनि मनलाई बलियो बनाएर प्रयास जारी राखेकाले आज सफल भएको उनले बताए ।
कृर्तिमानी युवा संघले निर्माण गर्न लागेको कृर्तिमानी संग्रालयमा विश्व कृर्तिमानी राख्न सफल व्यक्तिहरुका तस्बिर, नाम र प्रयोग गरेका सामाग्रीहरु राख्ने कृर्तिमानी युवा संघका अध्यक्ष चित्रकुमार कार्कीले बताए । कार्कीले भने “अहिलेसम्म कसैले यस्तो काम नगरेकाले एउटा उदाहरणीय कामको थालिन गरेका छौँ ।, डा.रामले संग्रालयको अनुगमन गरी सहयोग गर्ने जनाएको छ ।”