राजेन्द्र महतो, लहान । सिरहा नगरपालिका १७ भन्सार कार्यालयको १ नं. ढाटबाट लागूऔषध सहित दुई युवक पक्राउ परेको छ । नेपाल सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट माडरबाट खटिएको प्रहरी टोलीले भन्सार कार्यालयको १ नं. १ ढाटमा चेक जाँच गर्ने क्रममा मिर्चैया नगरपालिका ७ फुलबारीयाका २५ वर्षिय सुली महरा र विष्णपुर गाउँपालिका २ थलहा कटहाका २७ वर्षिय ब्रहमदेव यादव पक्राउ परेको छ ।
उनीहरु भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा चेक जाँचको क्रममा स८प ४५३७ सहित डाइलेक्स डिसी ७ बोतल, नगद नेपाली रुपैयाँ १४ हजार छ सय र मोबाईल दुई थान बरामद भएको छ । पक्राउ परेका दुबैलाई लागु आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट माडरका सशस्त्र प्रहरी निरीक्षक शंकर दाहालले जानकारी दिए ।
घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया