उदयपुर । कटारी नगरपालिका २ का अपाङ्ग परिवारलाई नगरपालिकाले २ वण्डल जस्तापाता सहयोग गरेको छ । विहिबार कटारी नपा २ कल्याणपुरका ७५ वर्षिय धनमाया कार्कीको परिवारलाई नगरपालिकाले जस्तापाता सहयोग गरेको हो ।
कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, उपमेयर भिमकुमारी राउत, २ नम्बर वडा कार्यालयका वडाध्यक्ष प्रेम थापा लगायतको टोली अपाङ्ग परिवारलाई घरमै पुगेर जस्तापाता सहयोग गरेका हुन् ।
धनमायाकी बुहारी गीता कार्की, नातिहरु १९ वर्षिय कृष्णबहादुर कार्की, १३ वर्षिय लोकबहादुर कार्की तीन जना अपाङ्ग रहेका छन् । धनमायाको छोराको ५ महिनाअघि मृत्यु भएपछी बुहारी र दुई नातिको अवस्था नाजुक बन्दै गएको छ । परिवारको अवस्था दयनिय बन्दै गएपछि नगरपालिकाले घर मर्मतका लागि जस्तापाता सहयोग गरेका हुन् ।
मेयर श्रेष्ठका अनुसार कार्की परिवारलाई आवश्यक उपचारको लागि सहयोग गर्न नगरपालिका तयार रहेको बताए । 









