— अस्ट्रेलियामा गत वर्षको सेप्टेम्बरदेखि फैलिएको डढेलोमा झण्डै ५० करोड पशुपन्छी मारिएको समाचार सार्वजनिक भइरहेका छन् । यसैबीच जंगलको भीषण डढेलोमा फसेका हजारौँ जनावरको उद्धार पनि भइरहेको छ । घाइते जनावरहरुको उपचार पनि भइरहेको छ ।
सिड्नीसन्तानलाई आमाको माया !
डढेलोले डढेका जनावरको हृदयविदारक तस्बिरहरु सार्वजनिक भइरहेका छन् जसमध्ये एउटा फोटोले सामाजिक सञ्जालमा ध्यान तानिरहेको छ।
अस्ट्रेलियाको जू वाइल्डलाइफ अस्पतालमा उपचारमा रहेको पोथी कोआला र उनको सानो बच्चाको तस्बिरले सबैको मन छोएको छ।
डढेलो लाग्दा आगोबाट बच्न बाटो काट्दै गर्दा कारको ठक्करबाट घाइते भएकी थिइन् आमा कोआला। उनलाई आगोले पनि पाेलेको थियो तर आफ्नो बच्चालाई उनी केही पनि हुन दिइनन्।त्यसपछि उनीहरुलाई तत्काल अस्पताल लगिएको थियो।
भनिन्छ सबैभन्दा निश्चल हुन्छ आमाको प्रेम। हर जीवित प्राणीलाई आफ्नो बच्चा प्यारो हुन्छ। अस्पतालमा आमा कोआलाको शल्यक्रिया गर्ने क्रममा बच्चा कोआलाले आफ्नो आमाको साथ नै छोडिनन्। अंगालो हालिरहिन्।
चिकित्सकले छुटाउन धेरै प्रयास गरे पनि प्रयास सफल हुन सकेन। त्यसपछि चिकित्सकले शल्यक्रिया अवधिभर सँगै रहन दिए। बच्चा कोआला पुरै शल्यक्रियाको अवधिभरि आफ्नी आमालाई अंगालो हालिरह्यो।
चिकित्सकहरुले बताएअनुसार आमा कोआलाको फोक्सोमा संक्रमण भएको थियो भने अनुहारमा पनि चोट थियो। जसको लागि शल्यक्रिया गर्नुपर्ने थियो। आफूले चोट पाउँदाको बाबजुद पनि उनले बच्चालाई केही पनि हुन दिइनन्।
आखिर आमाकाे माया त हाे नि !
तस्बिर बेन बिदेनः अस्ट्रेलिया जूप्रकाशित