उदयपुर । केही दिनदेखिको चिसो बढेसँगै उदयपुरको जनजिवन प्रभावित भएको छ । चिसोबाट बच्न बेल्टार उद्योग बाणिज्य संघका अध्यक्ष तथा समाजसेवी पवन कार्कीद्वारा मुसहर बस्तीका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
अध्यक्ष कार्कीले चौदण्डीगढी नगरपालिका २ झोरापाटा स्थित मुसहर बस्तीका अति गरिव विपन्न स्कूल जाने ४० जना मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको हो । अध्यक्ष कार्कीले व्यक्तिगत सहयोगमा ४० बालबालिकाहरुलाई न्यानो कपडा जम्फर र सुरुवाल वितरण गरेको हो । उनले विगतका वर्षहरुमा पनि निरन्तर गरिव विपन्न वर्गलाई स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रमा पनि सहयोग गर्दै आएको छ । अध्यक्ष कार्कीका अनुसार चाँडै नै चौदण्डीगढी नपा ८ का केही मुसहर बस्तीका बालबालिकाहरुलाई पनि न्यानो कपडा वितरण गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया