उदयपुर । त्रियुगा नगरपालिका १६ नं. वडा कार्यालयद्वारा जेष्ठ नागरिक र अपाङ्गता भएकालाई न्यानो कपडा वितरण गरेको छ । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ८० वर्ष माथिका ४५ जना वृद्धवृद्धा र राज्यबाट सेवा सुविधा नपाएका ३० फरक क्षमता अपाङ्गता भएका व्यक्तिहरुलाई एक समारोहका विच न्यानो कपडा वितरण गरेको हो । विकट वडाका विपन्न अवस्थाका बृद्धबृद्धाहरुलाई जाडोमा न्यानो कपडा सहयोग स्वरुप स्विटर, ज्याकेट र बर्की वितरण गरिएको हो ।
अपाङ्गता भएकाहरुलाई न्यानो ओढ्ने ब्यांकेट र ओछ्याउने म्याट प्रदान गरिएको वडाध्यक्ष मान बहादुर राईले बताए । वडाध्यक्ष रार्ईका अनुसार वार्षिकरुपमा न्यानो कार्यक्रम अन्तर्गत वितरण गरिदै आएको छ । आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिने बताए ।
कार्यपालिका सदस्य तथा १६ नं. वडा सदस्य गोमा कार्कीले जेष्ठ नागरिककाबीच जाडोमा न्यानो कार्यक्रम प्रभावकारी बनेको बताईन । आगामी दिनमा अझ बढि बृद्धबद्धाहरु, अपांगता भएका व्यक्ति तथा वालवालिका, अशक्तलाई समेत समेटेर यस किसिमको कार्यक्रम गरिने उनले बताईन । न्यानो कपडा वितरणमा अर्का कार्यपालिका सदस्य तथा वडासदस्य कुन्ति परियार, वडा सदस्य घमानसिंह राई पनि सहभागि भएका थिए । 
कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज राजकुमार चौधरी, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, स्पोर्टस् क्लव जाल्पा चिलाउनेका अध्यक्ष भुवन दाहाल, टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले मन्तब्य दिदै वडाको न्यानो कार्यक्रमको प्रशंसा गरे । बृद्धबृद्धा र अपांगता भएका ब्यक्तिहरुलाई प्रत्यक्ष फाईदा पुग्ने काम भएको भन्दै आगामी वर्ष पनि निरन्तरता दिन सुझाव दिए ।
बुद्धिजिवि, नागरिक समाज, शिक्षक र सर्बसाधारणको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन वडासचिव मिलन राईले गर्नुभएको थियो ।









