उदयपुर । त्रियुगा नगरपालिका ४ बगाहाको सहयोगमा भएको दोस्रो नगर स्तरीय वडा कपको उपाधी मोतिराजा युथ क्लव मोतिगडाले चुमेको छ । १२ गते बाट सुरु भएको खेलको शनिबार भएको फाईनल खेलमा २–० ले असारी फुटवल क्लवलाई पराजित गर्दै मोतिराजाले उपाधी जितेको हो ।
खेलको १३ औँ मिनेटमा जर्सि नं १३ का अन्जन हमालले १ गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । खेलको हाफ पछि ४९ औँ मिनेटमा जर्सि नं ८ का खेलाडीले आर्को गोल थप्दै टिमालाई २ गोललको अग्रतामा पुराउन सफल भएको थियो । एता खेल समयभरी असारी बाट कुनै पनि गोल हुन नसकेपछि खेल २ गोलमै टुंङिगिएको थियो ।
खेलमा विजयी गर्दै मोतिराजा युथ क्लव मोतिगडाले ३० हजार नगद ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ । भने उपविजेता असारी फुटवल क्लवले १५ हजार नगद, ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ ।









