उदयपुर । केही दिनदेखिको चिसोको कारण देशैभरीको जनजिवन प्रभावित भएको अवस्थामा उदयपुरको त्रियुगा नगरपालिकाद्वारा १ सय ५ मुसहर घरपरिवारलाई न्यानो कपडा कम्मल वितरण गरेको छ । चिसोबाट बच्न नगरपालिकाको सहयोग र दलित संजाल उदयपुरको समन्वयमा त्रियुगा नगरपालिका ९ गैहरुनका १ सय ५ मुसहर घरपरिवारलाई न्यानो कपडा कम्मल वितरण गरेको हो ।
नगर प्रमुख बलदेव चौधरी र उपप्रमुख देवी कुमारी चौधरीले संयुक्त रुपमा मुसहर बस्तीका १ सय ५ घरपरिवारलाई न्यानो कपडा कम्मल वितरण गरेको हो ।
नगर प्रमुख चौधरीका अनुसार अन्य ठाउँमा पनि कम्मल वितरण गर्ने कार्यक्रम रहेपनि यस ठाउँका मुसहर बस्ती बढी चिसोले प्रभावित भएपनि पहिलो चरणमा गैहरुनका बस्तीमा कम्मल वितरण गरेको बताए । उनका अनुसार केही समय अगाडी नगरपालिका, डिभिजन वन कार्यालय र शान्तिधाम समितिको समन्वयमा सोही ठाउँमा ६० क्विनटल दाउरा वितरण गरेको बताए । उनका अनुसार दाउरा घरबाहिर मात्रै बालेर बस्न मिल्ने तर सुत्नमा कठिनाई भएकोले कम्मल वितरण गरेको बताए ।









