उदयपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै पदक विजेता थारु खेलाडीहरुलाई थरुहट थारुवान राष्ट्रिय मोर्चाले सम्मान गरेको छ । त्रियुगा नगरपालिका १ जोगिदह उदयपुरमा थरुहट थारुवान महिला प्रथम राष्ट्रिय सम्मेलनमा खेलाडीहरुलाई मोर्चाले सम्मान गरेको हो ।सम्मानित हुनेहरुमा भारतोलनमा स्वर्ण पदक विजेता राप्ती गाउँपालिका २ सुनरी बाँकेका सन्जु चौधरी, भारतोलनमा कास्य पदक विजेता शम्भुनाथ नगरपालिका ४ सप्तरीका देवी चौधरी, भारतोलनमा कास्य पदक विजेता मध्यविन्दु नगरपालिका १५ सिमरा नवलपरासीका तुलाराम महतो रहेका छन् ।
यस्तै भलिवलमा रजत पदक विजेता धनगढी नगरपालिका १ कैलालीका सरस्वती चौधरी, क्रिकेटमा कास्य पदक विजेता लहान नगरपालिका १ सिरहाका ममता चौधरी, क्रिकेटमा कास्य पदक विजेता लहान नगरपालिका १ सिरहाका सरस्वती चौधरी, उषुमा रजत पदक विजेता गदरीया गाउँपालिका ६ कैलालीका एलिना चौधरी पनि सम्मानित भएका हुन् ।
यस्तै करातेमा कास्य पदक विजेता गुगौली ४ कपिलवस्तुका मनिषा चौधरी, कवड्डी रजत पदक विजेता बेलौरी नगरपालिका ९ कन्चनपुरका रविना चौधरी, खो खोमा कास्य पदक विजेता बुटवल उपमहानगरपालिका १५ उजेलपुर रुपन्देहीका धनप्रसाद चौधरी, हेन्डवलमा रजत पदक विजेता कैलारी गाउँपालिका ७ कैलालीका संगीता चौधरीलाई सम्मेलनमा सम्मान गरेको थियो ।
सम्मानित हुनेहरुलाई प्रमुख अतिथि थरुहट थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारु, विशेष अतिथिहरुले मोर्चाका केन्द्रीय सल्लाहकार सदस्यद्वय राजकुमार लेखी र सुरेन्द्र चौधरी, मोर्चाका महासचिव तुलसी चौधरी, त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरी र चौदण्डीगढी नगरपालिकाका उपमेयर रीताकुमारी चौधरीले दोसल्ला र कदर पत्र सहित सम्मानित गरेका हुन् ।
यस्तै भलिवलमा कास्य पदक विजेता कैलालीका नेविका चौधरी, खो खोमा रजत पदक विजेता बर्दियाका पुनम थारु, आशा थारु, दाङका सुमित्रा चौधरी, उषुमा रजत पदक विजेता बर्दियाका मंगल प्रसाद थारु र हेन्डवलमा रजत पदक विजेता बर्दियाका रामकुमार चौधरीलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको मोर्चाले जनाएको छ । उनीहरु थरुहट थारुवान राष्ट्रिय महिला सम्मेलनमा अनुपस्थित भएपनि दोसल्ला र कदर पत्र अर्को कार्यक्रममा प्रदान गर्ने आयोजकले जनाएको छ ।
कदरपत्र र सम्मान पत्रबाट सम्मानित थारु खेलाडीहरु
सागमा महिला भलिवल तर्फको रजत पदक विजेता कैलाली धनगढी नगरपालिका १ का सरस्वती चौधरी
सागमा महिला क्रिकेट तर्फको कास्य पदक विजेता लहान नगरपालिका १ सिरहाका ममता चौधरी
सागमा महिला क्रिकेट तर्फको कास्य पदक विजेता लहान नगरपालिका १ सिरहा सरस्वती चौधरी