उदयपुर । उदयपुरमा वन मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेको छ । त्रियुगा नगरपालिका २ का ४२ वर्षिय चन्द्रबहादुर सार्कीलाई शुक्रबार साढे तीन बजे पक्राउ परेको छ ।
२०६६ सालमा वन मुद्दामा २ महिना कैद सजाय भई फरार रहेका प्रतिवादीलाई त्रियुगा नगरपालिका २ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकोलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । प्रतिवादीलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराई कैद भुप्तानको लागि करागार पठाउने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया