उदयपुर । उदयपुरमा चोरी मुद्दामा फरार प्रतिवादी दुई वर्षपछि पक्राउ परेको छ । चौदण्डीगढी नगरपालिका ५ बस्ने २० वर्षिय गुल्जर मियालाई इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको छ ।
२०७४ साल जेष्ठ २३ गते चोरी गरी फरार रहेका मियालाई जिल्ला अदालत उदयपुरले १ महिना कैद र ५ हजार सजायको फैसला गरेको थियो । फरार मिया लुकीछिपी गाउँमै बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मियालाई उदयपुर जिल्ला अदालत मार्फत कैद सजाय भुक्तानको लागि कारागार पठाएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया