उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित पिपल चोक हिमाली छापाखाना मोडमा शनिबार दुई मोटर साइकल एक आपसमा ठोकिदा एक जना घाइते भएका छन् । हिमाली छापाखाना मोडमा बोक्सेतर्फ जाँदै गरेको को १३ प ५०५ नम्बरको मोटरसाइकल र गाईघाट मेन चोकबाट संगम टोल जाँदै गरेको स.२ प ४८४१ नम्बरको मोटर साइकल एक आपसमा ठोकिँदा त्रियुगा नगरपालिका १३ बस्ने २३ वर्षिय सुदिप कार्की घाइते भएका छन् । कार्की स.२ प ४८४१ नम्बरको मोटर साइकल चालक हुन् । उनको गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।
को.१३ प ५०५ नम्बरको मोटर साइकल चालक रौतामाई गाउँपालिका ७ बस्ने ४५ वर्षिय इश्वर राना मगर र दुवै मोटर साइकल जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।









