राजेन्द्र महतो, लहान । सिरहा जिल्लाको लहान नगरपालिकाको छुट्टाछुट्टै स्थानबाट ४६० ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ परेको छ । सिराहाको अर्नामा गाउँपालिका ४ का २५ वर्षिइ अजय चौधरीको साथबाट ११० मिली ग्राम ब्राउन सहित पक्राउ गरेको छ ।
यस्तै ३५० मिली ग्राम ब्राउन सुगर, नोर्फिन १ एम्पुल, डाइजोपाम १ एम्पुल, फेरागन १ एम्पुल र नाइट्रोभेट १ एम्पुल सहित प्रहरीले लहान नगरपालिका ४ का २४ वर्षिय रन्जित कुमार यादवलाई आफ्नै घरबाट पक्राउ परेको हो । चौधरीले रन्जितको घरबाट किनेर ल्याएको सूचनाका आधारमा पक्राउ परेको हो ।
यस्तै ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले यातायात व्यवस्था कार्यालयको छेउबाट सोही नगरपालिका १८ का २५ वर्षिय मोहमद सदामको साथबाट नाइट्रोभेट ९ पिस र गाँजा अन्दाजी ३०० ग्राम सहित पक्राउ परेको हो ।
पक्राउ परेका तीनै जना लाई आबश्यक कारबाही तथा अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लहानमा राखिएको प्रहरीले जनाएको छ ।









