सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरौलमा अत्याधुनिक हतियारसहित विभिन्न ९ हजार राउण्ड गोली फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले स्थानीयको कुखुरा खोरको जमिनमुनि लुकाएको अवस्थामा हतियार र ९ हजार राउण्ड गोली बरामद गरेको हो । द्वन्द्वकालका बेला तत्कालीन माओवादीका सेनाहरुले प्रयोग गरेको हतियार लुकाएर राखिएको हुनसक्ने अनुमान गरिएको छ ।
आइतबार बरामद भएका हतियारको प्रकारबारे प्रहरीले आधिकारिक रुपमा केही बताएको छैन । तर, जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतले आइतबार बरामद भएका हतियारमा सर्ट मेसिन गन (एसएमजी) छन् । यद्यपि हतियारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया