उदयपुर । अन्तर स्कूल खुल्ला टी १० क्रिकेट टूर्नामेन्टको उपाधि त्रियुगा नमूना उच्च माविले जितेको छ । फाइनल खेलमा त्रियुगा नमूना उच्च मावि १७ रनले बिजयी भएको हो ।
त्रियुगा माविले दिएको ९१ रनको लक्ष्य पछ्याउने क्रममा मैदान प्रवेश गरेको सगरमाथाले ८३ रन मात्र बनाउन सक्यो । सगरमाथालाई सस्तैमा समेटन त्रियुगा माविका अनिश ओझाले २ ओवरमा १२ रन दिएर ३ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए । बेटिङमा त्रियुगा माविका सुमित विकले १४ बलमा १८ रनको योगदान दिए । सगरमाथाका रुजलले १ विकेट लिए ।
जवाफी बैटिंगमा उतरेको सगरमाथाका लागि रूपेश तामाङले १९ रन को योगदान दिए ।
अन्तर स्कूल क्रिकेट टूर्नामेन्टका म्यान अपÞm द टूर्नामेन्ट सगरमाथाका रोहित दनुवार, बेष्ट बलर त्रियुगा माविका अनिश ओझा र बेष्ट बैट्स मैन उदयपुर स्कूलका प्रदिप बुढाथोकी भएका छन ।
शनिबार भएको फाइनल खेल अगाडि स्मार्ट सिटी बिरुद्ध भूपु क्रिकेट खेलाड़ी बीच भएको थियो जसमा भूपु क्रिकेट खेलाड़ीको टीम ८ रनले बिजयी भएका थिए ।
खेलको समापन समारोहमा प्रमुख अतिथि नगर प्रमुख बलदेव चौधरीले विजय खेलाडीहरुलाई प्रमाण पत्र, मेडल तथा पुरस्कार वितरण गरेका थिए । खेलका विशिष्ट अतिथिमा राजनैतिक बक्तित्व परमेश्वर घिमिरे, अनूप ढुंगाना, चंदन साहका साथै रूपम गुप्ता लगायत विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।