उदयपुर । जग्गा विवादलाई लिएर उदयपुरका पत्रकार रविन्द्र कुमार चौधरीमाथि विहिबार कुटपिट भएको छ । त्रियुगा नगरपालिका १२ स्थित जग्गा विवादमा चौधरी कुटपिटमा परेका हुन् । कुटपिटबाट उनको नाक र गालामा चोट लागेको छ । समुहमा आएका स्थानीय शिवकुमार यादवले आफुमाथि कुटपिट गर्नुको साथै लगाएको कपडा च्याति दिएको आरोप चौधरीको छ ।
चौधरीका अनुसार आफ्नो बाउबाजेको पालादेखि भोगचलन गर्दै आएको ऐलानी जग्गामा एक्कासी मैले किनेको नम्बरी जग्गा भन्दै घेराबेला गर्न आएका यादवले विवादमा कुटपिट गरेको चौधरीको भनाई छ । चौधरीका अनुसार यो हात्तीमोरा खोला बग्ने जग्गा हो, खोलाले छोडेपछि हाम्रो बाबुबाजेले यो जग्गा भोग चलन गर्दै आएको बताए । यादवले सिमेन्टको खम्बा र काढे तारले बार्दै गर्दा चौधरी पुगेपछि दुबैपक्षबीच झगडा भएको प्रत्यक्षदर्शीहरुले बताए ।
कृष्ण कार्कीबाट श्रीमतीको नाममा जग्गा खरिद गरी संरक्षणका लागि बारबेर गर्न खोजेको बताउने यादवले चौधरीलाई कुटपिट नगरेको बताए ।चौधरीले जिल्ला प्रहरी कार्यालयमा कुटपिटको उजुरी दिई घाउँ चेकजाँच गराएका छन् । चौधरीले बिगत ४५ वर्ष देखि भोग चलन गर्दै आएको जमिनमा एक्कासी यादब सहितको ५÷६ जनाको समुहले जग्गा कब्जा गरि घेराबेरा गर्न थालेपछि किन यसो गरेको भन्दा यादब सहितको समुहले आक्रमण गरि चौधरी घाईते भएका हुन् । घाईते चौधरीका अनुसार आफुले बिगत लामो समयदेखि भोगचलन गर्दै आएको जग्गामा तारघेरा गरेपछि किन घेरेको भन्दा आफुलाई आक्रमण गरि घाईते तुल्याउनुका साथै शरीरमा भएको लुगा कपडा समेत च्याति दिएको बताए ।
कुटपिट गरि भागेका यादब सहितको समुहलाई तत्काल पक्राउ गरि कारबाही गर्न आफुले जिल्ला प्रहरी कार्यालय उदयपुरमा कुटपिट तथा सार्वजनिक अपराध, शान्ति सुरक्षा तथा जीउ धनको सुरक्षाको माग गर्दै निवेदन दिएको चौधरीको भनाई रहेको छ । उनले कुटपिटमा संलग्नहरुलाई पक्राउ गरि कडा भन्दा कडा कानुनी कारबाही हुनु पर्ने माग गरेको छ । घटनाका दोषीहरुलाई पक्राउ गरि कडा भन्दा कडा कारबाही हुनु पर्ने नेपाल पत्रकार महासंघ उदयपुर शाखाका उपाध्यक्ष भोटराज राईले गरेको छ ।
पत्रकार चौधरीलाई गम्भिर हुने गरि कुटपिट गरिएको हुँदा सो घटनाका दोषीहरुलाई कानुनी कारबाही तथा क्षतिपूर्तिको माग गरिएको छ । प्रहरीलाई दोषी उपर कडा कारबाही गर्न नेपाल पत्रकार महासंघ उदयपुर शाखा अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया