उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ३ जरुवा स्थित भित्री सडक खण्डमा भारतीय नम्बरको बोलेरो सडकबाट २ सय मिटर तल खस्दा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । विहिबार बिहान सवा ९ बजेको समयमा तामलडाडाबाट कटारीतर्फ जाँदै गरेको एसके ०१ पिबी ३०६८ नम्बरको भारतीय बोलेरो गाडी मोडमा स्टरिङ फेल भएर अनियन्त्रित भई सडक भन्दा अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर उदयपुरको उदयपुरगढि गाउँपालिका ३ घर भई हाल मोरङ पथरी बस्ने बर्ष ६१ को टिक नारायण श्रेष्ठ, उदयपुरगढी गाउँपालिका ३ बस्ने ४७ वर्षिय ढक बहादुर मगर, ४७ वर्षिय मिन नारायण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीर बहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार अर्का घाइते मोरङको पथरी ४ बस्ने बर्ष ३५ को टिकाराम श्रेष्ठलाई उपचारको लागि कटारी अस्पतालमा पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए ।
त्यसैगरी सोही दुर्घटनामा परेर गम्भिर घाईते भएका मोरङ पथरी ४ बस्ने बर्ष ५५ को लक्ष्मी प्रसाद राई, भारतको सिक्किम दार्जेलिङ बस्ने बर्ष २८ को पवन राई, सिक्किमकै चालक ४५ वर्षिय भुपाल राई, अर्का भारत सिक्किम बस्ने २५ वर्षि आशिष लिम्बु गम्भिर घाइते भएका छन् । घाइते सवैको नोवेल अस्पताल विराटनगर रेफर गरिएको छ ।
घटना स्थल सदरमुकाम गाईघाट देखि करिब ७० किलो मिटर टाढा रहेकोले प्रहरी चौकी उदयपुरगढी र इलाका प्रहरी कटारीको प्रहरी टोली खटाई घाइतेको उद्धार गरेको एसपी मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया