उदयपुर । उदयपुरमा ट्याक्टरबाट लडेर एक ७ वर्षिय बालिकाको मृत्यु भएको छ । चौदण्डिगढी नगरपालिका–२ सुगारेको भित्रि सडक खण्डमा को २ त ६२५१ नम्बरको ट्याक्टरबाट लडेर सोमबार १२ः३० बजे ७ वर्षिय रोशिका कार्कीको मृत्यु भएको हो ।
उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ट्याक्टरमा सवार बालिका लडेर घाईते भएकी कार्कीको उपचारको लागि शुभकामना मेडिकल बेल्टारमा ल्याई उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ट्याक्टर र ट्याक्टर चालकलाई ईलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।









