काठमाडौँ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि तत्कालीन सभामुख कृष्णबहादुर महराले जबरजस्ती करणी नगरेको बकपत्र गरेकी छिन् । सोमबार जिल्ला अदालत काठमाडौँमा उपस्थित भएर शाहीले महराले आफूमाथि जबरजस्ती करणीको प्रयास नगरेको भन्दै ‘होस्टाइल’ भएकी हुन् ।
तत्कालीन सभामुख महराविरुद्ध लागेको जबरजस्ती करणी प्रयास मुद्दाको साक्षी प्रमाण बुझ्ने प्रक्रिया काठमाडौँ जिल्ला अदालतले आइतबारबाट सुरु गरेको थियो । पीडितका रुपमा अदालतले उपस्थित गराइएपछि शाहीले आफूलाई असोज १७ गते प्रहरी आठ घण्टासम्म नियन्त्रणमा राखेर जबरजस्ती जाहरी दिन लगाएको बकपत्र अदालत समक्ष गरेकी छिन् ।
उनले उक्त दिन लेखिएको जाहेरीमा प्रहरीले आफूलाई पढ्नसमेत नदिई दबाबको भरमा हस्ताक्षर गर्न लगाएको बयान गरेकी छिन् ।









