काठमाडौं । सरकारी जग्गा हडपेर आफ्नो नाममा पार्ने होडबाजी चलतेको तथ्य जाँचबुझ प्रतिवेदनबाट उजागर भएको छ । सरकारी, सार्वजनिक, गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगले ६ महिना लगाएर गरेको छानविनमा परम्परादेखि गुठीको जग्गा महन्तले आफ्नो नाममा बेचेको समेत भेटिएको छ । विद्यालय र सार्वजनिक वनको जग्गासमेत मालपोत र नापीका कर्मचारीसँग मिलोमतो गरेर आफ्नो बनाइको पाइएको छ । जग्गा हडप्नका लागि मालपोत र नापीको स्रेस्ता नै विगारिएको छ ।

आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनमा आठ जिल्लाको चार सय ६८ विघा, ४२ रोपनी जग्गा व्यक्तिको नाममा गरेको उल्लेख छ । सबै भन्दा धेरै सुनसरीको धरान नगरपालिकाको सर्दु खोला जलाधार क्षेत्रको जग्गा अतिक्रमण गरेको पाइएको छ । सर्दुको मात्रै ३४८ विघा जग्गा हिनामा भएको प्रतिवेदनमा उल्लेख छ । सरकारले ०३२ मा सर्दु जलाधार क्षेत्र घोषणा गरेको थियो। त्यहाँ बसोवास गर्ने दुई सय नौ घरपरिवारलाई मोरङको बयरवन र हसन्दहमा दुई सय ४३ बिघा जमिन दिएर स्थानान्तरण गरिएको थियो । यो खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

तपाईको प्रतिक्रिया