उदयपुर । उदयपुरको कटारी नगरपालिका ८ पाखाटोलमा शनिबार साँझ ४ः३० बजे आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । कटारी नगरपालिका ८ पाखाटोल बस्ने कृष्ण राज श्रेष्ठको घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको हो ।
श्रेष्ठकी ५ वर्षिय छोरीले घरमा कोही नभएको अबस्थामा लाईटर खेलाउने क्रममा गाई गोठबाट आगो सल्कन गई आगोलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीर बहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार श्रेष्ठको काठले बनेको, फूसको छाना भएको २ तले २ वटा घर, घरमा रहेको अन्नपात, लत्ता कपडा, भाँडा वर्तन, काठपात, नगद रु. ५० हजार सुन, चाँदी, कागजपत्र समेत पूर्ण रुपमा जली नष्ट हुँदा अन्दाजी १५ लाख बराबरको क्षति भएको बुढामगरले जानकारी दिए । उनका अनुसार अस्थायी प्रहरी चेक प्वाइन्ट बेतीनीका प्रहरी टोली, स्थानीहरुको सहयोगमा १ घण्टापछि नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया