मोरङ । मोरङको सुन्दर–हरैचा नगरपालिका १० किस्तीपुल स्थित पूर्ब पश्चिम राजमार्गमा कन्टेनरमा अटो ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका सवा ९ बजेको समयमा पूर्बबाट पश्चिम तर्फ जादै गरेको को.२ ह.२४०७ नम्बरको अटोको टायर पम्चर भई अनियन्त्रित हुँदा रोकेर राखेको ना.५ ख.५६०१ नम्बरको कन्टेनरको पछाडी ठक्कर खएर दुर्घट्ना भएको थियो ।
दुर्घटनामा परेर सुन्दर–हरैचा नगरपालिका ९ बस्ने बर्ष ४० को दिपक संकर, अर्का सोही नगरपालिका ८ बस्ने बर्ष २० को लक्ष्मण उराउ र बर्ष २६ को किरण माझी घाईते भई उपचारको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा दिपक संकरको बाटैमा मृत्यु भएको थियो । अटो, कन्टेनर र कन्टेनर चालक जिल्ला दोलखा भिमेश्वर नगरपालिका ९ बस्ने बर्ष ३२ शिबहरी बस्नेतलाई प्रहरी चौकी बिराटचौकले नियन्त्रणमा लिएको छ ।









