लहान । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट भएको छ । गएराति कार्यालय भवनको माथिल्लो तल्लाको कोठामा अज्ञात समूह द्वारा बम विस्फोट गराइएको हो । विस्फोटबाट कार्यालय भवनको झ्याल, ढोकामा क्षति पुगेको सिरहा प्रहरीले जनाएको छ ।
सिरहा प्रहरीका अनुसार घटनामा संग्लनता रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो । घटना उपर थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।









