उदयपुर । उदयपुरमा संचालन भएको अन्तर विद्यालय खुला टि–१० क्रिकेट प्रतियोगीतामा उदयसी स्कुलले जित हात पारेको छ । उदयपुर क्रिकेट संघको आयोजनामा भएको प्रतियोगीताको उद्घाटन खेलमा शुक्रबार प्याराडाईज स्कूललाई ६९ रनले पछि पार्दै उदयसी बोर्डिङ स्कूलले जित हात पारेको हो ।
टि–१० क्रिकेटमा प्याराडाईज स्कुल र उदयसी स्कुल विचको प्रतियोगीतामा उदयसीले ६९ सनको फराकिलो अन्तरले जित हात पारेको आयोजकले जनाएको छ । उदयसीको खेलाडी म्यान अफ द म्याच निर्दोस बस्नेत भएको आयोजकले जनाएको छ ।









