उदयपुर । चौदण्डीगढीमा संचालित निजि विद्यालयहरुको छाता संगठन, निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) को आयोजनामा दोस्रो चौदण्डीगढी गनर स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ ।
चौदण्डीगढी ७ नं. वडा स्थित प्रस्तावित सहित रामप्रशाद राई खेल मैदान बेल्टारमा विहिबार नगर प्रमुख खगेन्द्र राईले एक कार्यक्रम विच उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख राईले भने, “खेलकुद जगतले आफ्नो घरपरिवार, अभिभाबक, विद्यालय, स्थानीय तहको मानमर्यादा, ईज्जत त राख्ने नै भयो त्यसमा अझ भविस्यमा देशलाई अन्तराष्ट्रसम्म चिनाउन ठुलो योगदान पुग्ने भएकोले शिक्षा र स्वास्थ्यलाई संगसंगै मिलाएर अगाडी बढियो भने पक्कै पनि सफल हुने प्रेरणा मिल्ले बताउदै प्रतियोगिताको शुभकामना व्यक्त गर्दछु ।”
उद्घाटनको दिन भने १ सय मिटरको दौड,ज्याव्लीङ थ्रो, स्पोन रेस, बौद्धिक परिक्षण र फोर एक्स रेस गरी ४ वटा मात्र खेलहरुको प्रतिस्पार्धा गरिने चौदण्डीगढी नगर प्याब्सनका अध्यक्ष सुशिल प्रधानले जानकारी दिनु भयो । अध्यक्ष प्रधानकानुसार प्रावि, निमावि र मावि गरी जम्मा १४ वटा विद्यालयले सहभागिता जनाएको पनि बताउनु भयो । प्रतियोगिता आगामी २८ गते सम्म संचालन हुने प्याब्सन सचिव अशोक राईले जानकारी दिए ।
कार्यक्रममा शिक्षाविज्ञ राजकुमार ओझा, प्याव्सनका केन्द्रीय सदस्य जनक कार्की, स्थानीय समाजसेवीहरु गोपाल राई, शम्भू पौडेल,लगायतले पनि प्रतियोगिताको शुभकामना व्यक्त गरेका थिए । प्रतियोगितामा विजयी समुहहरुले नगद, ट्रफि र प्रमाण पत्रहरुले पुरस्कृत गरिने आयोजकले जनाएको छ । यस पटक फुटबल र भलिबल बाहेकका सबै खेलहरुको प्रतिस्पर्धा गरिने आयोजकले जनाएको छ । उद्घाटान खेलमा प्याब्सनका अध्यक्ष प्रधानको सभापतित्व र सचिव राईको संचालनमा प्रतियोगिता भईरहेको छ ।