उदयपुर । उदयपुरमा बुधबार बाल विवाह हुनबाट एक बालिका जोगिएको छ । त्रियुगा नगरपालिका ७ बस्ने रुद्र बहादुर थापाको छोरी १९ वर्षिय लेखा कुमार थापा र त्रियुगा नगरपालिका ७ बस्ने पदम बहादुर कार्कीको छोरा २४ वर्षिय भुपध्वज कार्की विच हुन लागेको विवाह हुनबाट जोगिएकोछ ।
बाल विवाह हुन लागेको खबर प्रहरीलाई प्राप्त हुनासाथ दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई स्थानीय निकाय प्रतिनिधि, बाल क्लब समेतको उपस्थितिमा केटीको उमेर २० वर्ष पुगे पश्चात विवाह हुने गरी केटा र केटीलाई अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।









