उदयपुर । उदयपुरमा विभिन्न मुद्धामा फरार प्रतिवादीहरु दिनदिनै पक्राउ पर्ने क्रम जारी रहेको छ । साविक त्रियुगा नगरपालिका ४ हाल वडा नं. १३ बस्ने ३७ वर्षिय रामबहादुर विकलाई जिल्ला अदालत उदयपुरको जबरजस्ती करणी ठहर सहितको फैसला बमोजिम पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बरुवा खोलाको किनार स्थितमा २०६८ सालमा सोही ठाउँकी परिवर्तित नाम टि कुमारीलाई जबरजस्ती करणी गरि वारदात पश्चात देखि नै फरार भई रहेका प्रतिवादीलाई प्रहरीले खोजतलासको क्रममा पक्राउ परेको हो । पक्राउ परेकालाई फैसला कार्यान्वयन गराउन जिल्ला अदालत उदयपुर उपस्थित गराई कारागार पठाएको प्रहरीले जनाएको छ ।









