उदयपुर । उदयपुरमा सोमबार राति आगलागीबाट एक गाई गोठ जल्दा ८० हजार बराबरको क्षति भएको छ । त्रियुगा नगरपालिका ७ चुहाडे स्थित बीर बहादुर श्रेष्ठको गाई गोठमा खोले पकाउने चुलाबाट अचानक आगलागी हुँदा ८० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट गोठ नजिकै रहेको मकैको थाङग्रा जलेर नष्ठ भएको छ भने राँगा तीन वटा, गाई एक वटाको ढाढको छाला डढी पिल्सि घाईते भएको प्रहरीले जनाएको छ । स्थानीय, नेपाल प्रहरी र दमकलको सहयोगमा राति १२ः४५ बजे आगो नियन्त्रणमा लिएको थियो ।









