खोटाङ्ग । खोटाङ्गमा अज्ञात समुहले रावाबेँसी गाँउपालिकाका अध्यक्ष लिलानाथ निरौलाको गाडीमा आगजनी गरेको छ । सोही गाउँपालिकाको वडा नं. ५ दुवेकोलस्थित निवासमा रहेको बा.२ झ ३५२४ नम्बरको सवारीमा गए राति आगलागी भएको छ । आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।
‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो’, उनले भने, ‘उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।’ करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए । अज्ञात समुहले आगजनी गरेको हुन सक्ने र आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी पनि उनले दिए ।

तपाईको प्रतिक्रिया