उदयपुर । उदयपुरमा कुटपिट गरी कुटपिट गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक गर्ने एक युवा पक्राउ परेको छ । आइतबार त्रियुगा नगरपालिका ३ बस्ने २० वर्षिय खेमराज राईलाई प्रहरीले पक्राउ गरेको हो ।
मंसिर १५ गते त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा त्रियुगा नगरपालिका १० बस्ने १७ वर्षिय दिनेश तामाङलाई कुटपिट गरी कुटपिट गरेको भिडियो समेत तयार गरी सामाजिक संजाल मार्फत आतंकित बनाउने काम गरेको अभियोगमा राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार पक्राउ परेका राईलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर मुद्धामा आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।









