उदयपुर । घर निर्माणको क्रममा ४ तला माथिबाट गत कार्तिक ७ गते खसेर घाईते भएका एक मजदुरलाई जापानमा बसोबास गर्दै आएका बसन्त राईको नेतृत्वमा संकलित आर्थिक सहयोग प्राप्त भएको छ । चौदण्डीगढी नगरपालिका १ छुईलाका २१ वर्षिय युवराज राईको उपचार्थस्वरुप १ लाख ५ हजार ६ सय ५० रुपैया सहयोग प्राप्त भएको हो ।आर्थिक रकम चौदण्डीगढी नगरपालिका १ निवासी जापानमा बसोवास गर्दै आउनु भएका बसन्त राईको नेतृत्वमा संकलित रकम घाईतेका बुवा मोहन र आमा मैया राईलाई स्थानीय युवा समाजसेवी सन्तोष राई मार्पmत घरैमा पुगेर हस्तान्तरण गरेका छन् । घाईते राईको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको समाजसेवी राईले बताए । आर्थिक अबस्था कमजोर भएका विरामी गम्भिर अवस्थामा रहेको पनि परिवारले जनाएको छ । घाईतेको ढाड, कम्मर, टाउका र हात खुट्टामा गम्भिर चोटका कारण चिन्ताजनक अवस्थामा रहेको सन्तोषले बताए ।

तपाईको प्रतिक्रिया