उदयपुर । चौदण्डीगढी नगर दोस्रो मेयर कप रनिङ शिल्ड कप प्रतियोगिताको उद्घाटन आईतबार नगर प्रमुख खगेन्द्र राईले उद्घाटनगरी शुरु भएकोे छ । ६ नं. वडा र १० नं. वडा बीच भएको उद्धघाटन खेलमा वडा नं. १० हडियाका खेलाडीले ट्राईव्रेकरमा ६–५ ले जित हासिल गरेका छन् । खेलको दुवै समुहबाट १÷१ गोल भै निर्धारित समय सकिए पछि ट्राईब्रेकरमा १० नं. वडाले विजयी गरेको हो ।
२४ गते सम्म संचालन हुने खेलमा विजयी समुहले ५० र २५ हजार रुपैया नगद सहित ट्रफि र प्रमाण पत्रले पुरस्कृत गरिनेछ । कार्यक्रममा उप मेयर रिताकुमारी चौधरी, वडाध्यक्षहरु तेजराज तिम्सिना, रामकुमार खड्का त्यसैगरी नगर सदस्यहरु देविका कार्की, प्रमिला दनुवार र मनु कार्कीको उपस्थिति रहेको थियो । नगर खेलकुद विकास समितिको आयोजना, नगरपालिकाको आर्थिक सहयोग र १० नं. वडाको समन्वय÷सहयोगमा प्रतियोगिता भईरहेको आयोजकले जनाएको छ । कार्यक्रममा सिद्धेश्वरी माविका विद्यार्थीले नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रमको सभापतित्व भने शशिचन्द्र राईको रहेको छ । सोमबारको खेल भने ७ वडा र २ नंं. वडा बीच हुने आयोजकले जनाएको छ ।









