उदयपुर । उदयपुरमा शनिबार १० : १५ बजे राति भएको मोटर साइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । रामपुर फत्तेपुर सडक खण्डमा अन्तर्गत जिल्लाको चौदण्डीगढी नगरपालिका ४ शनिबारेमा भएको को.११ प ६९६२ नम्बरको मोटर साइकल दुर्घटनामा सोही वडा नमूना चोकका ३५ वर्षिय दिपेन राई र अर्का सोही वडाका ३१ वर्षिय नारायण राई घाइते भएका थिए । चालक दिपेन राईको उपचारको क्रममा राति १२ बजे न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।
मोटर साइकल इलाका प्रहरी कार्यालय बेल्टारमा राखिएको छ भने घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया