उदयपुर । चौदण्डीगढी नगर दोस्रो मेयर रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । चौदण्डीगढी नगरपालिका १० नं.वडा हडियाको शान्तिनगर खेल मैदानमा मंसिर १५ गते उद्घाटन र मंसिर २४ गते फाइनल खेल हुने छ । खेल नकाउट चरणमा हुने छ । प्रतियोगितामा चौदण्डीगढीका सवै वडाले भाग लिएका छन् ।
खेलमा प्रथम र दोस्रो हुनेले क्रमश ५० र २५ हजार नगद सहित ट्रफि र प्रमाण पत्रले विजयी खेलाडीहरुलाई सम्मान गरिने चौदण्डीगढी नगर खेलकुद विकास समितिका संयोजक शशिचन्द्र राईले जानकारी दिएका छन् । नगरपालिकाको आर्थिक सहयोग र नगर विकास खेलकुद समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।










