ताप्लेजुङ । तमोर नदीले बगाएर एक जना बेपत्ता भएकी छिन् । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका १ बस्ने ६० बर्षीया संगिता सुनुवार तमोर नदीले बगाएर बेपत्ता भएकी हुन् ।
सोमवार अपरान्ह पौने ५ बजेको समयमा तमोर नदी किनारामा रहेको फेनेबुङ बेशीमा धान काट्न गएकी सुनुवार नदीमा गई पानी भर्ने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएकी हुन् । नदीले बगाएर बेपत्ता भएकी सुनुवारको प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको टोलीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

तपाईको प्रतिक्रिया