लहान । सिरहाको लहान नगरपालिका १२ भोटयाटोल स्थित सडक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छ्न ।
सिरहाको लहान १२ भोट्याटोल बजारमा भएको विङगर र मोटरसाइकल एक आपसमा ठोकिदा विङगरका सहचालक महोत्तरी जिल्ला लोहरपट्टी नगरपालिका ४ बस्ने करिब १५ बर्षिय सरोज यादवको घटनास्थलमै मृत्यु भएको थियो । लहानबाट जनकपुर जाँदै गरेको ना. १ ज ८३७५ नम्बरको विङगरले स ४ प ६०४५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठ्क्कर दिँदा विङगरका सहचालक यादवको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । यसैगरी मोटरसाइकलमा सबार लहान नगरपालिका वडा नम्बर २२ टोल सिसवनी बस्ने महेश चौधरी र पनिलाल चौधरी घाइते भएको छ । घाइतेहरुको लहानमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया