उदयपुर । उदयपुरमा मदन भण्डारी राजमार्ग अन्तर्गत चौदण्डीगढी ९ भिमामा मोटर साइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको को.४ प ३८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।मोटरसाइकल चालक सुनसरीको कालाबन्जर गाउँपालिका–३ का २३ वर्षीय दीपक गम्भिर घाइते र मोटर साइकल पछाडी सवार २४ वर्षीय रमेश बिक सामान्य घाइते भएको थियो । घाइते दिपकको टाउकोमा गहिरो चोट लागेकोले प्राथामिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक र घाइते दाजुभाई हुन् ।

तपाईको प्रतिक्रिया