भोजपुर : भोजपुरको षडानन्द नगरपालिका ८ की २८ वर्षिय एक महिलाको नकावधारीले बुधबार दुबै स्तन काटिदिएका छन् । बुधबार बिहान स्थानीय खकुवा खोलामा लुगा धुन गएकी ती महिलालाई नकावधारी व्यक्तिले पक्रेर स्तनको दुबै निप्पल छिनाईदिएको प्रहरीले जनाएको छ ।
धारिलो हतियारले निप्पल छिनालिदिएकी ती विवाहित महिलाको अवस्था गम्भीर छ । सदरमुकाम दिङ्लामा उपचार सम्भव नभएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए । दिङ्लामा ती महिलाको सामान्य उपचार गरिएको थियो । घाउ हेर्दा धारिलो छुरा वा ब्लेडले काटेको अनुमान गरिएको स्वास्थ्यकर्मीलाई उदृत गर्दै नायव उपरीक्षक मगरले जानकारी दिए ।
घटनामा कति जना व्यक्ति संलग्न थिए भन्ने खुलेको छैन । अलिअलि बोल्न सक्ने ती महिलाले घटनाबारे स्पष्ट बताउन सकेकी छैनन् । ‘कोही नजिकको मान्छेले कुनै रिसिइबीका कारण यस्तो घटना गराएको हुनसक्छ,’ मगरले भने । घटनापछि संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको र घटनामा संलग्नको पहिचान भइनसकेको मगरले बताए ।

तपाईको प्रतिक्रिया