सुनसरी । इटहरीमा सोमबार बेवारिसो अवस्थामा महिलाको शव भेटिएको छ । इटहरी उपमहानगरपालिका ४ बुढी खोला छेउको काँसघारीमा अन्दाजी २०–२५ बर्षको महिलाको शव फेला परेको हो ।
स्थानिय बालबालिका खेल्ने क्रममा खोला किनार पुगेपछि महिलाको शव देखेर कराउँदै भाग्न थाले पछि खोलामा बालुवा चाल्ने मानिसहरू भेला भइ प्रहरी लाइ खबर गरेका थिए । घटना तिहार पछिको हुन सक्ने भनी स्थानीयले अड्कल गरेका छन् । शव कुहिएर गन्हाउन थालिसकेकाले शवको पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ । हालसम्म मानिस हराएको कुनै उजीरी नआएकाले अहिले नै केहि बताउने अवस्था नभएको प्रहरीले बताए ।









