झापा । झापाको मेचीनगर नगरपालिका-९ की  ५७ बर्षीया बुद्धीमाया तामाङको करेन्ट लागेर मृत्यु भएको छ । आईतवार बेलुका साँढे ५ बजेको समयमा आफ्नै वारीमा हात्ती धपाउन लगाएको बिजुलीको तारमा गएका आफ्ना गाई वस्तु धपाउने क्रममा आफैलाई करेन्ट लागि तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि मेची अस्पताल भद्रपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया