राजेन्द्र महतो, लहान । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ५ बाट नेपाल प्रहरीले शुक्रवार २६ केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेश्पुर पतारबाट खटिएको प्रहरी टोलीले धनगढी माइ नगरपालिका १४ का ५० वर्षिय राम बहादुर तामाङको घरबाट २६ के जी लागू पदार्थ गाजा सहित पक्राउ परेको हो ।
पक्राउ परेका तामाङलाई ईलाका प्रहरी कार्यालय महेशपुर पतारमा राखि आबशयक कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिल राज बोहराले जानकारी दिए ।









