उदयपुर । उदयपुरको कटारी नगरपालिका ११ गोठडाँडामा भरुवा बन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ । स्थानीय ४९ वर्षिय शंकर राउतलाई भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको थियो ।
मंगलवार दिउँसो ३ बजेको समयमा मृतक राउत, ४५ बर्षीय अमृत बहादुर राउत र ३८ बर्षीय चक्र बहादुर बस्नेत जंगलमा शिकार खेल्न गएका थिए । शिकार खेल्ने क्रममा अमृत बहादुर राउतले पड्काएको भरुवा बन्दुकले शंकर राउतलाई लाग्दा निजको घटनास्थलमा नै मृत्यु भएको थियो ।
घटनामा संलग्न चक्र बहादुर बस्नेतलाई तत्कालै पक्राउ परेको थियो भने फरार अमृत बहादुर राउतलाई सिरहाबाट बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया