राजेन्द्र महतो, लहान । सिरहामा फेरि आफ्नै श्रीमान ले बञ्चरो प्रहार गरी श्रीमतीलाई हत्या गरेका छन । कर्जन्हा नगरपालिका वडा नं. २ को रामबाबु पासमानले आफ्नै श्रीमती कबिता पासमानलाई बञ्चरो टाउकोमा प्रहार गरी हत्या गरेका हुन ।
श्रीमान राम बाबू पासमान खानाखादै गरेको अवस्थामा श्रीमती संग समान्य विवाद हुँदा श्रीमान ले पछाडीबाटै बञ्चरो प्रहार गरेपछि श्रीमती कविता गम्भिर घाइते भएका थिए । घाइते कविता लाई उपचारका लागि फुल कुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा ल्याउँदै गर्दा बाटो मा मृत्यू भएको मृतककी भाई जोगिन्द्र पासमानले बताएका छ्न । बञ्चरो प्रहार गर्नेको खोजतलास भइरहेको र घटनाबारे बिशेष अनुसंधान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले बताएका छन ।









