उदयपुर । भारतले नेपाली भूमि राखेर नयाँ नक्सा सार्वजनिक गरेकोमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी नेकपाले कडा विरोध गरेको छ । महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति निकालेर नयाँ नक्सा खारेज गर्न भारतसँग माग गर्नुभएको छ । विप्लव समूहले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । सरकारले प्रतिबन्ध लगाएको र भूमिगतरुपमा सक्रिय विप्लव समूहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने, भारतीय दुताबासमा ज्ञापन पत्र बुझाउने र राष्ट्र संघको कार्यालयमा विरोध पत्र दिने कार्यक्रम सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया