राजेन्द्र महतो, लहान । सिरहाको बरियारपट्टी गाउँपालिका ३ बाट लागूऔषधसहित एक युवा लाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा सिरहाको गोलबाजार नगरपालिका ४ को १९ वर्षीय बिजय कुमार यादवलाई पक्राउ गरिएको हो । नेपालमा प्रतिबन्ध लगाईएका डाइलेक्स डि.सी. २ बोतल, नाइटरोभेट ३६ पिस, नाइटरोजन १०० पिस र स्पासो २४ पिस नामक लागुऔषध सहित पक्राउ परेको हो ।
पक्राउ परेका यादवलाई आबश्यक कार्बाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया