उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका २ गेर्खेमा सोलार प्यानलको करेन्ट सर्ट भई आगलागी हुँदा १६ लाख बढीको क्षति भएको छ ।
स्थानीय गौर बहादुर तामाङको घरमा आइतबार दिउँसो १२ बजे सोलार प्यानलको करेन्ट सर्ट भई आगलागी हुँदा अन्दाजी १६ लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट पीडित तामाङको ढुङगा माटोले बनेको २ वटा २ तले घर जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगो दिउँसो २ बजे नेपाल प्रहरी, स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीबाट कुनै मानविय, चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।









