उदयपुर । केही वर्ष अघिसम्म छठ पर्व तराई–मधेशमा मात्रै सीमित थियो । समयक्रमसँगै छठ पर्व अन्य समुदायमा पनि मनाउन शुरु गरेपछि अहिले राष्ट्रिय पर्व बनेको छ ।
खासगरी छठ तराईवासीहरूको पर्व हो । तराईमा पनि सीमित समुदायले मनाउने छठ पछिल्लो समय भने दसैं, तिहार जस्तै समाजिकिकरण बन्दै आएको छ । सांस्कृतिक घुलनको यो निकै अनुपम नमुना बनेको छ । मिश्रित समुदायका कारण एकले अर्काको पर्व मनाउने संस्कृति स्थापीत हुँदै आएको छ । शनिबार छठ पर्वको मुख्य दिन हो ।

तराई–मधेश, काठमाडौँ उपत्यकाका साथै देशभरका विभिन्न नदी, तलाउ र पोखरीमा श्रद्धालु भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्वको विधिवत् समापन हुनेछ ।
यस्तै छठपर्वलाई लक्षित गरेर उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा नदीलाई झकिझकाउ बनाइएको छ । झिलिमिली बत्तीले त्रियुगा नदीको दृष्यलाई मनमोहक बनाएको छ । छठ पर्व मनाउनेहरुका लागि त्रियुगा नदी एक प्रमुख स्थान हो । जलजले, देउरी, बगहा, गाईघाट, मोतिगडा, जोगिदह, हडिया, ज्यामिरे, सुन्दरपुर, तपेश्वरी लगायत स्थानमा त्रियुगा बेल्टमा छठको घाट हुने गरेको छ भने यि सथानहरुमा अधिकांशहरु रात विताएका छन् । उनीहरुले शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । उनीहरु आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिनेछन् ।

तपाईको प्रतिक्रिया