उदयपुर । उदयपुरमा आइतबार साँझ मोटर साइकल दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् । त्रियुगा नगरपालिका ३ स्थित लच्कामा मोतिगडाबाट गाईघाट तर्फ आउँदै गरेको बा ४ ख ६०८९ नम्बरको बस र बिपरीत दिशाबाट जादै गरेको प्र ०२–०३–००१ प ६९६४ नम्बरको मोटर साइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटर साइकल चालक गम्भिर घाइते भएका छन् ।
घाइते हुनेमा सप्तरी खडक नगरपालिका ४ पन्सेरा बस्ने बर्ष ३९ को दिपेन्द्र कुमार चौधरी गम्भिर घाइते भएका छन् । उनको दाँया खुट्टा भाचिएर सिभिल अस्पताल गाईघाटमा सामान्य उपचार पश्चात थप उपचाको लागि विपी कोइराला विज्ञान प्रष्ठिान घरान धोपा पठाएको प्रहरीले जानकारी दिइएको छ । बस चालक सिन्धुपाल्चोक साङचौक नगरपालिका १० बस्ने बर्ष २४ को राजेश नेपालीलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।









