काठमाडौं । महाराजगञ्जको साम्बाला होटेल पछाडि जुवाखालबाट प्रहरीले २५ जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार महानगरीय प्रहरी परिसरको टोलीले जुवाखेलीरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीका अनुसार जुवाखालबाट २ करोड ६७ लाख रुपैयाँ बरामद गरिएको छ । उनीहरुको साथबाट तास तथा २५ थान कौडा समेत बरामद गरिएको छ । स्थानीय विक्रम गौतमको दुई तले घरमा जुवा खेलाईरहेको सूचनामा आधारमा प्रहरी गएको र भूइँतलामा जुवा खेलिरहेको भेटिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन् ।
यसैगरी हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन् । उनीहरुलाई कानूनअनुसार कारवाही गरिने बताइएको छ ।
*यसअघि प्रकाशित समाचारमा पक्राउ व्यक्तिको नाम अन्यथा पर्न गएकाले सच्चाइएको छ । स्रोतका कारण गलत सूचना सम्प्रेषण भएकोमा क्षमाप्रार्थी छौं ।सं

तपाईको प्रतिक्रिया