उदयपुर । उदयपुरमा लागूऔषध सहित दुई जना विहिाबार पक्राउ परेको छ । त्रियुगा नगरपालिका ११ स्थित एक घरमा डेरा गरी बस्ने दुई जनालाई लागूऔषधसहित पक्राउ परेको हो ।
त्रियुगा नगरपालिका ११ बस्ने बर्ष २८ को उद्धब तामाङ र यसै वडामा बस्ने अन्दाजी वर्ष १८ को सोभित चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको कोठाबाट डाईजोल्याप १६ एम्पुल, नोर्फिन १६ एम्पुल, फेनारगन १६ एम्पुल, खाली सिरिन्ज ३ थान सहित कौडा १६ वटा, डाईसको गोटी ६ थान र नगद १८ हजार आठ सय रुपैया सहित पक्राउ परेको हो । उनीहरुको कोठाबाट लागूऔषधको कारोबार भईरहेको सूचनाको आधारमा प्रहरी निरीक्षक ज्ञान कुमार माझीको टोलीले पक्राउ गरेको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेको छ ।

तपाईको प्रतिक्रिया